ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट



काठमाडौं । वायुसेवा सञ्चालक संघ, नेपालले आन्तरिक उडानमा ७० वर्ष माथिका विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

संघका अध्यक्ष रामेश्वर थापाले शुक्रबार विज्ञप्ति जारी गरेर संघमा आवद्ध आन्तरिक उडानका वायुसेवा कम्पनीहरुले ७० वर्ष माथिका विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरिएको जनाएका हुन् ।

उनले बिहीबार बसेको कार्यसमिति बैठकले घटस्थापनाका दिनबाट उक्त छुट सुविधा लागु हुने पनि बताएका छन् । ७० वर्ष माथिका विपन्न ज्येष्ठ नागरिकले हवाई भाडामा ५० प्रतिशत छुट पाउनका लागि सम्वन्धित वायुसेवा कम्पनीको कार्यालयमा पुगेर स्वयमले आफू विपन्न भएको व्यहोरा स्व–घोषणा गर्नुपर्ने संघले जनाएको छ । उक्त छुट सुविधा ‘अपर लिमिट’ को हवाई भाडादरमा मात्र लागु पनि संघले बताएको छ ।

टंक रुटमा हवाई सेवा सञ्चालन गर्ने वायुसेवा कम्पनीहरुले प्रतिदिन प्रति सेक्टरमा दुईजना र स्टल रुटमा हवाई सेवा सञ्चालन गर्ने वायुसेवा कम्पनीहरुले प्रतिदिन प्रति सेक्टरमा एक जना विपन्न ज्येष्ठ नागरिकलाई मात्र छुट सुविधा उपलव्ध गराउने अध्यक्ष थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महसुल नबुझाउने उद्योगको लाइन नकाट्न प्राधिकरणलाई विद्युत नियमन आयोगको निर्देशन

काठमाडौं । विद्युत नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल उठाउन उद्योगहरुमा

११ खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा

काठमाडौँ । चालु आर्थिक २०८१/८२ को माघ मसान्तसम्म मुलुकले कुल ११ खर्ब १५

चापाकोटमा चार सय रोपनीमा सामूहिक आलुखेती

स्याङ्जा । स्याङ्जाको चापाकोटका विभिन्न स्थानमा सामूहिक आलुखेती गरिएको छ । चापाकोट नगरपालिकाको

एउटै वडामा तीन जलविद्युत् आयोजना निर्माण सुरू

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा तीनवटा जलविद्युत् अयोजना निर्माण सुरू भएको छ