ललितपुरमा सातौँ ‘मेड इन नेपाल’ एक्स्पो



ललितपुर । ललितपुरमा शुक्रबारदेखि ‘मेड इन नेपाल एक्स्पो’को सातौँ संस्करण शुरु भएको छ । दुई दिनसम्म चल्ने एक्स्पोको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गरे ।

मन्त्री यादवले एक्स्पोले ‘नेपालमा सियो पनि बन्दैन’ भन्नेका लागि गतिलो जवाफ दिएको बताए । युवाहरुले आफ्नै लगानीमा स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण एक्स्पोमार्फत प्रस्तुत गरेको उनको भनाइ थियो ।

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न र उत्साही बनाउन मन्त्रालयले काम गर्दै आएको भन्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने बताए ।

युवा उद्यमी मञ्चका अध्यक्ष निकोलश पाण्डेले स्वदेशमै उद्यम गरिरहेका र बजारको पहुँच नपाएका उद्यमीलाई अवसर उपलब्ध गराउने उद्देश्यले मेलाको आयोजना गरिएको बताए ।

प्रदर्शनीमा नेपालमा उत्पादित कपडा, मूर्ति, विभिन्न जडीबुटी, अर्गानिक तरकारी, पश्मिना, अचार, महलगायत विभिन्न कम्पनीका उत्पादन गरी सयवटा प्रदर्शनी कक्ष रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनसँगको व्यापार घाटा घटाउनुपर्नेमा मन्त्री भण्डारीको जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनसँगको व्यापारमा नेपालको ठूलो व्यापार

करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिवाना

संखुवासभा । सभापोखरी गाउँपालिकाले करेन्ट लगाएर माछा मारे एक लाखसम्म जरिवाना गर्ने निर्णय

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ

बजेट सम्भावना अध्ययन गरी आवश्यकताको आधारमा विनियोजन गर्न सांसदहरुको सुझाव

काठमाडौँ । सांसदहरूले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पहुँचको आधारमाभन्दा आवश्यकताका आधारमा