व्यापार घाटा १३ दशमलव ९ प्रतिशतले घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा देशको व्यापार घाटा केही घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन महिनामा व्यापार घाटा १३।९ प्रतिशतले घटेको छ। जवकि अघिल्लो वर्षको साउनमा व्यापार ५९.१ प्रतिशतले बढेको थियो।

निर्यात बढ्नु र आयात घट्नुले व्यापार घाटामा राहत मिलेको हो। साउनमा मुलुकको व्यापार घाटा ९७ अर्ब ८९ करोड कायम भएको छ।

साउनमा कुल निर्यात २७.७ प्रतिशतले वृद्धि भएको छ। जवकि गत वर्षको साउनमा जम्मा ३. २ प्रतिशतले मात्रै निर्यात बढेको हो। एक महिनामा ८ अर्ब ८४ करोड रुपैयाँको बस्तु निर्यात भएको छ।

यसअवधिमा भारततर्फ ५१.८ प्रतिशत र चीनतर्फ १३२.९ प्रतिशतले निर्यात वृद्धि भएको हो भने अन्य मुलुकतर्फको निर्यातमा ९.२ प्रतिशतले कमी आएको छ।

नेपालले अलैंची, दन्त मन्जन, जुटका सामान, पोलिष्टर यार्न, लगायतका वस्तुको निर्यात बढाएको छ भने जस्ता पाता, जुस, तयारी पोशाक, पश्मिना, ऊनी गलैंचा लगायतका वस्तुहरुको निर्यात घटेको छ।

साउनमा कुल आयात भने ११. ५ प्रतिशतले घटेको छ। जवकि गत वर्षको साउनमा यस्तो आयात ५४।३ प्रतिशतले बढेको थियो। एक महिनामा कुल १ खर्ब ६ अर्ब ७३ करोड रुपैयाँको बस्तु आयात भएको छ।

मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४.५ प्रतिशत र ४१.२ प्रतिशतले घटेको छ। यस्तै, चीनबाट भएको आयात २४.० प्रतिशतले बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा दोहोरो अंकको गिरावट, दुई अर्ब १० करोडको कारोबार

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि ओरालो

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी

  तनहुँ । सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले  आठ करोडको

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष

काठमाडौँ । कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र वर्ष २०८० मा सुधारोन्मुख

तोलामा १ हजार सात  सय रुपैयाँले बढ्यो सुनको मूल्य

  काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य मंगलबार प्रतितोला  एक हजार