व्यापार घाटा १३ दशमलव ९ प्रतिशतले घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा देशको व्यापार घाटा केही घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन महिनामा व्यापार घाटा १३।९ प्रतिशतले घटेको छ। जवकि अघिल्लो वर्षको साउनमा व्यापार ५९.१ प्रतिशतले बढेको थियो।

निर्यात बढ्नु र आयात घट्नुले व्यापार घाटामा राहत मिलेको हो। साउनमा मुलुकको व्यापार घाटा ९७ अर्ब ८९ करोड कायम भएको छ।

साउनमा कुल निर्यात २७.७ प्रतिशतले वृद्धि भएको छ। जवकि गत वर्षको साउनमा जम्मा ३. २ प्रतिशतले मात्रै निर्यात बढेको हो। एक महिनामा ८ अर्ब ८४ करोड रुपैयाँको बस्तु निर्यात भएको छ।

यसअवधिमा भारततर्फ ५१.८ प्रतिशत र चीनतर्फ १३२.९ प्रतिशतले निर्यात वृद्धि भएको हो भने अन्य मुलुकतर्फको निर्यातमा ९.२ प्रतिशतले कमी आएको छ।

नेपालले अलैंची, दन्त मन्जन, जुटका सामान, पोलिष्टर यार्न, लगायतका वस्तुको निर्यात बढाएको छ भने जस्ता पाता, जुस, तयारी पोशाक, पश्मिना, ऊनी गलैंचा लगायतका वस्तुहरुको निर्यात घटेको छ।

साउनमा कुल आयात भने ११. ५ प्रतिशतले घटेको छ। जवकि गत वर्षको साउनमा यस्तो आयात ५४।३ प्रतिशतले बढेको थियो। एक महिनामा कुल १ खर्ब ६ अर्ब ७३ करोड रुपैयाँको बस्तु आयात भएको छ।

मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४.५ प्रतिशत र ४१.२ प्रतिशतले घटेको छ। यस्तै, चीनबाट भएको आयात २४.० प्रतिशतले बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुन्तलाखेतीमा जलवायु परिवर्तनको प्रभाव

तनहुँ । म्याग्दे गाउँपालिका–३ गुञ्जार उमाचोक, देवघाट गाउँपालिका–२ र ३ नम्बर वडा सुन्तलाखेतीको

कृषकलाई २५ प्रतिशत छुटमा चैते धानको बीउ

बनियानी (झापा) । झापा जिल्लाको कचनकवल गाउँपालिकाका कृषकलाई २५ प्रतिशत छुटमा सोमबार चैते

विषादीरहित सात किलोको काउली उत्पादन

भक्तपुर । विषादीको प्रयोग नगरी किसानले सात किलोको काउली फलाएका छन् । सूर्य विनायकमा

यस्तो छ आजका लागि विदेशी मुद्राको मूल्य

  काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको