तातोपानी नाका दश दिन बन्द हुने



सिन्धुपाल्चोक । अविरल वर्षाले तिब्बतको खासा बजारनजिक रमिते भन्ने ठाउँमा सडकको बीच भागमा करीब डेढसय मिटर चर्किएपछि तातोपानी नाका बन्द भएको छ ।

सीमा पुलबाट सात किलोमिटरमाथि रहेको सो सडकमा चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरी मर्मत कार्य शुरु गरिएकाले आठ÷दश दिनसम्मका लागि बन्द हुने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

सडक बन्द भएकाले मर्मत गरी पुनः सञ्चालन हुन १० दिन लाग्ने जानकारी पाएको तोतोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी केशव वलीले बताए । नाका भएर आउन लागेका मालवाहक कन्टेनर भ्यानहरु पनि सडक बन्द भएपछि केरुङतर्पm फर्काइएको अध्यक्ष पौडेलले जानकारी दिए ।

यस नाकाबाट भूकम्पपछि यस पालाको बडादशैँका लागि करीब ५० हजार भेडाच्याङ्ग्रा भित्रिने भएको छ । भेडाच्याङ्ग्रा लिन सात÷आठ टोली तिब्बत गइसकेकाले अबको तीन÷चार दिनपछि तातोपानीमा आइपुग्ने व्यापारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर छ । चाँदीको भाउ भने

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५७ प्रतिशत

पाल्पा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा

आगामी आर्थिक वर्षको कार्ययोजनासहितको विवरण पेस गर्न बीमा प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल बिमा प्राधिकरणले जीवन बीमा  कम्पनी र लघुजीवन बिमा कम्पनीलाई एक

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

भैरहवा । नेपालमा उत्पादित स्टिलजन्य उत्पादन एक महिनादेखि भारत निर्यात हुन सकेको छैन