यी हुन् दशैंमा नयाँ नोट पाइने स्थान
काठमाडाैं। प्रत्येक वर्ष दसैंका अवसरमा नयाँ नोट सटहिका लागि व्यवस्था गर्ने नेपाल राष्ट्र बैंकले यस पटकका लागि असोज १० गतेदेखि सटही सुरु गर्ने भएको छ ।
प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट सटही हुनेछ। ५, १०, २०, ५० र १ सयका नयाँ नोट वितरण हुनेछ।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै १० गतेदेखि नयाँ नोट सटही हुने जानकारी दिएको हो। राष्ट्र बैंकका अनुसार उपत्यकाबाहिर बिराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका राष्ट्र बैंक कार्यालयबाट नयाँ नोट सटही हुनेछ।
राष्ट्र बैंकको बालुवाटार कार्यालयसहित उपत्यकाका २५ ठाउँबाट नयाँ नोट सटही हुनेछ।