काठमाडौं । नेपाली चलचित्र ‘एक मुठ्ठी बादल’ को ट्रेलर सार्वजनिक भएको छ । गौंथली इन्टरटेनमेन्ट र मन प्रोडक्सन, थर्ड कल्चर किड्स र क्रोमोजोम फिल्मको सह–निर्माणमा बनेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
अभिनेतृ आँचल शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘एक मुठ्ठी बादल’को ट्रेलर सार्वजनिक गरिएको हो । कार्यक्रममा अभिनेत्री आँचल शर्माले चलचित्र पारिवारिक कथामा आधारित रहेको बताएकी छन् ।
ट्रेलरले कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे प्रकाश पारेको छ । विवाह र सम्बन्धलाई लिएर परिवारभित्र बुनिएको जटिल बुझाइ र दृष्टिकोणलाई निर्देशक सहारा शर्माले सहजरुपमा चित्रण गरेकी छन् ।
फिल्ममा निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनीष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारीको पनि अभिनय छ ।
फिल्मलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा छन् । निर्माण टोलीमा जर्मन निर्मातामा सारा फाजिलात, सामीप्यराज तिमल्सेना र अनुप पौडेल छन् । फिल्म ‘एक मुठ्ठी बादल’ १ जेठमा रिलिज हुनेछ ।

प्रतिक्रिया