अर्घाखाँची। नेपाली लोकसङ्गीतमा मौलिक स्वाद र सांस्कृतिक सम्मिश्रण प्रस्तुत गर्दै आएका गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ गीत बजारमा आएको छ।
मगर र गुरुङ समुदायको सांस्कृतिक मिठासलाई एउटै कथामा समेटिएको उहाँको नयाँ गीत वसन्त लम्साल ‘युट्युब’बाट सार्वजनिक भएको छ। यस गीतमा मनोरञ्जनसँगै सामाजिक सन्देशलाई पनि प्रभावकारी ढङ्गले प्रस्तुत गरिएको छ। गीतमा विश्वास नेपालको सङ्गीत संयोजन, लम्सालसँगै सपना गाहा र सम्झना रणपालको स्वर रहेको छ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकमा जन्मिएका वसन्त लम्सालले यसअघि सार्वजनिक गरिएको मगर्नीको तीनपाने भाग १ ले पाँच ‘मिलियन’भन्दा बढी ‘भ्युज’ प्राप्त गरेको थियो। मगर समुदायको तीनपाने र गुरुङ समुदायको तुम्बा संस्कृतिलाई कलात्मक ढङ्गले एकीकृत गर्दै प्रस्तुत गरेका छन्। लम्सालले १५० भन्दा बढी गीतमा स्वर दिइसकेका छन्।

प्रतिक्रिया