‘प्रवासी जीवन’ प्रदर्शनमा


काठमाडौँ । शुक्रबारदेखि चलचित्र ‘प्रवासी जीवन’ प्रदर्शनमा आएको छ । । श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रूपमा मिलेर निर्देशन गरेको चलचित्र अमेरिकामा बसोबास गर्दै आएका नेपालीको सङ्घर्ष र सफलताको कथामा आधारित छ ।

राजेश हमालको मुख्य भूमिका रहेको चलचित्रमा सरिता लामिछाने, बुद्धि तामाङ, महादेव अधिकारी, एन्जेला बस्नेत, गगन सुवेदी, लोकेश भित्रीकोटीलगायतका कलाकारको अभिनय रहेको छ ।

अमृत बिसुवाको छायाङ्कन रहेको चलचित्रमा राम अधिकारीको सम्पादन र नवीन कार्कीले सङ्गीत दिएका छन् ।