बाबुल गिरी र रचना रिमालको ‘धागोले बाटेको’


काठमाडौँ । चैत्रको २७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘राम नाम सत्य’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

‘धागोले बाटेको’ बोलको गीत सार्वजनिक गर्दै माइकल चन्दको निर्देशनमा बनेको फिल्मको टिमले प्रचार आरम्भ गरेको हो । गीतमा बाबुल गिरी र रचना रिमालको स्वर, डा. डीआर उपाध्यायको शब्द, बाबुल गिरीको संगीत छ ।

रोमान्टिक शैलीको यो गीतमा फिल्मका मुख्य नायक विराज भट्ट र नायिका सुपुष्पा भट्टलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा विराज र सुपुष्पा रोमान्टिक देखिएका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण भएको यो फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ ।

किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार फिल्मका कार्यकारी निर्माता हुन् । मोती कार्की क्रियटिभ प्रोड्यूसर रहेको यो फिल्मका लाइन प्रोड्यूसर राजेन्द्र आचार्य हुन् । बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत फिल्ममा छ । माइकल चन्दकै कथा र पटकथा रहेको यो फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याकग्राउन्ड म्युजिक छ ।

सियोन श्रेष्ठको कोरियोग्राफी रहेको फिल्ममा राजेन्द्र मोक्तानको कलर, नवराज शर्माको मुख्य निर्देशन, साहिल खानको टिजर र ट्रेलर छ । फिल्मका स्क्रिप्ट सल्लाहकार अभिमन्यू निरवी र समय थपलिया हुन् ।