नीताकुमारी थापाले जितिन् ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि


काठमाडौं । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरले जितेकी छन् । उनी पहिलो महिला प्रतिस्पर्धी हुन् । शनिबार आयोजित ग्रान्ड फिनालेमा कोच राजु लामाको टिमकी प्रतिस्पर्धी उनले उपाधि जितेकी हुन् ।

कोच खेम सेन्चुरीका प्रतिस्पर्धी सागर संसार राई प्रथम उपविजेता घोषित भए । टीम प्रमोद खरेलकी प्रतिस्पर्धी पुनम गुरुङ द्धितीय उपविजेता घोषित भइन् भने टीम मेलिना राईकी प्रतिस्पर्धी सञ्जिता दुरा तृतीय उपविजेता बनिन् ।