‘परिवर्तन’ को नाममा टुरिष्ट उम्मेदवारलाई जिताउनु भुल हुनसक्छ’


काठमाडौँ । अभिनेतृ रेखा थापाले परिवर्तनको नाममा पर्यटक उम्मेदवार जिताउन नहुने बताएकी छन् । सोमबार राति सामाजिक संजालमार्फत मोरङ क्षेत्र नम्बर ३ मा पर्यटक उम्मेदवार जिताउन नहुने बताएकी हुन् ।

उनले पर्यटक आएर स्थानीयको आँसु पुछ्न नसक्ने बताएकी छन् । उनले भनेकी छन्, ‘हामीले ‘परिवर्तन’ को नाममा पर्यटक उम्मेदवारहरूलाई जिताउनु हाम्रो भुल हुन सक्छ । सम्झनुहोस्, टुरिस्टले आएर स्थानीयको आँसु पुछ्न सक्दैन। आफ्नो क्षेत्रको दुःख बुझ्न आफ्नै माटोको मान्छे चाहिन्छ भन्नु भएको थियो मलाई ! ११हजार भोटमा म सिमित भएँ !!! मोरङ क्षेत्र नम्बर ३।’