काठमाडौं । चलचित्र ‘शिवांश’को गीत सार्वजनिक भएको छ । ‘बैंश भुसुक्कै’ बोलको गीतमा राजनराज शिवाकोटी र समीक्षा अधिकारीको स्वर छ । राजनराज र सरोज रञ्जितकारको शब्द रहेको गीतमा राजनराज स्वयंले संगीत भरेका छन् ।
गीतमा भाग्य, मायामोह, प्रेम, आकर्षणलगायत रहेको छ । विक्रम चौहानको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका मुख्य कलाकार तेज गरी, बिमला लिम्बू र बारत लिम्बूको अभिनय छ । महाशिवरात्रिको छोको पारेर चलचित्र ‘शिवांश’ फागुन १ गते रिलिज हुनेछ ।

प्रतिक्रिया