बलिउड अभिनेता संजय दत्त काठमाडौंमा


काठमाडौँ । बलिउड अभिनेता संजय दत्त काठमाडौंमा आएका छन् । संजय दत्त काठमाडौँमा एक क्यासिनो उद्घाटनका लागि विशेष अतिथिका रूपमा बिहीबार काठमाडौँ आएका हुन् । उनी क्यासिनो उद्घाटन गरी शुक्रबार स्वदेश फर्किने आयोजकले बताएका छन् ।