‘प्रतिवैरम’ मा सीमा क्षेत्रमा हुने अपराध, दाइजो र दाजु बहिनीको प्रेम


काठमाडौँ । रोशन दासको निर्देशनमा बनेको फिल्म ‘प्रतिवैरम’ को टिजर सार्वजनिक भएको छ । मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित कथामा यो फिल्म बनेको छ ।

टिजरमा सीमा क्षेत्रमा हुने अपराध, दाइजो र दाजु बहिनीको प्रेम सम्बन्ध देखाउन खोजिएको छ । यो फिल्मबाट सम्राट दासले केन्द्रीय नायकका डेब्यू गरेका छन् ।

फिल्ममा उनीसहित सुप्रज्ञा शर्मा, वीरेन्द्र कुशवाह, आलिशा बस्तोला, रोन्नी यादव, बिक्की शाह, नवीन श्रेष्ठ, गीता श्री, अशिष डीके, प्रदीप ढकाललगायतको अभिनय रहेको छ । यो फिल्म २०८३ सालको जेठमा प्रदर्शनमा ल्याउने तयारी निर्माण पक्षले गरेको छ ।