काठमाडौँ । महानायक राजेश हमाल अभिनित फिल्म ‘प्रवासी जीवन’ को टिजर सार्वजनिक गरिएको छ । आगामी फागुन १५ देखि प्रदर्शन हुने फिल्मको सार्वजनिक टिजरमा महानायक हमालसँगै कलाकारहरू सरिता लामिछाने, श्याम क्षेत्री, बुद्धि तामाङ, दिव्या न्यौपाने लगायत फिचर्ड छन् ।
नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्तराज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने सङघर्ष सहितको प्रवासी जीवनको कथा बोकेको उक्त फिल्मलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रुपमा निर्देशन गरेका छन् ।
‘सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपाल’ को सहकार्यसमेत रहेको फिल्मको सम्पूर्ण छायाङ्कन अमेरिकाको रमणीय दृश्यमा गरिएको छ । छायाँकार समेत रहेका निर्माता रविन आचार्य यस फिल्मका निर्माता हुन् ।
श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको फिल्मको कथा, पटकथा तथा संवाद स्वयम् निर्देशक क्षेत्रीले नै तयार गरेका हुन् ।

प्रतिक्रिया