केहर सिं लिम्बुको ‘तिमी बिना’


काठमाडौं । नेपाली फिल्म ‘कुमारी’को दोस्रो गीत‘तिमी बिना’ सार्वजनिक भएको छ। केन्द्र मोसन पिक्चर्सबाट सार्वजनिक गीतमा केहर सिं लिम्बुको स्वर सुन्न सकिन्छ। सुमन तामाङको शब्द रहेको गीतमा सङ्गीत सुमन र केहरको रहेको छ।

अडियो प्रोडक्सन तथा मिक्सिङ मास्टरिङ एस्थर रिजनको रहेको छ । चलचित्रमा नयाँ अनुहारहरू अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्।

साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारको पनि अभिनय रहेको छ ।