यस्तो छ ‘रमिताको पिरति’ को टिजर


काठमाडौं । नेपाली फिल्म ‘रमिताको पिरति’ को टिजर सार्वजनिक गरिएको छ। बुढासुब्बा डिजिटलको युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक भएको हो । टिजरमा अभिनेत्री आना शर्मा, अभिनेताहरू धिरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ ।

फिल्ममा जियाना, गौमाया गुरूङ, पशुपति राई, रेणु योगी, थिन्ले ल्हामो लगायतको समेत अभिनय छ। । सेरो फिल्मस्को प्रस्तुतीमा तयार भएको यो फिल्मले विशेष रूपमा महिला पात्रको कथा उठान गरेको छ ।

फिल्मको लेखन तथा निर्देशन सुदीप्ताले गरेकी छन् । सागर लम्साल निर्माता रहेको यो फिल्म आगामी भ्यालेन्टाइन अर्थात् माघ २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।