काठमाडौँ । नेपाल आइडलका विजेताद्वय करण परियार र गङ्गा सोनामको स्वर रहेको ‘राधिका’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
गीतकार भोलानाथ पाठकको शब्द सृजना रहेको गीतमा नेपाल आइडल सिजन ५ का बिजेता करण र सिजन ६ का विजेता गंगाले स्वर भरेका छन् ।
जसमा मोडलद्वय स्मारिका ढकाल र बद्रीप्रसाद तिवारीको रोमान्टिक अभिनय देख्न सकिन्छ । लेखु सहयात्रीको सङ्गीतमा तयार गीत तयार गीतको भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीले गरेका हुन् । पुनम श्रेष्ठको कोरियाग्राफीमा तयार भिडियोले प्रेम र रोमान्सका रमाइला किस्सालाई देखाएको छ ।
राधा कडरिया निर्माता रहेको भिडियोमा मीन रावलको सम्पादन तथा उत्सव दाहालको छायाँकन रहेको छ ।

प्रतिक्रिया