४० दिनमा सकियो ‘परालको आगो’को छायाँकन


काठमाडौं । फिल्म ‘परालको आगो’को छायाँकन सुटिङ थालेको ४० दिनमा सकिएको छ । निर्माण टीमले दसैं अघिबाट म्याग्दीका विभिन्न स्थानबाट छायाँकन थालेको यो फिल्मको छायाँकन मंगलबार सकाएको हो ।

फिल्मको सुटिङ सकेसँगै निर्माण टीमले तीन फरक फरक लुक्सका तस्बिर र रिलिज डेट समेत सार्वजनिक गरेको छ। यो फिल्म आगामी बैशाख ११ गतेबाट प्रदर्शनमा आउने निर्माता सुशील पोखरेलले जानकारी दिए । सुशील देवकोटाको लेखन रहेको यो फिल्मको निर्देशन लक्ष्मण सुनारले गरेका छन्।

यस फिल्ममा गीत सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतले लेखेका छन्। त्यसैगरी संगीतकारमा शान्ति ठटाल, सत्य स्वरूप र अभिनेता प्रकाश सपुतकै रहने निर्माण पक्षले जानकारी दिएको छ ।

गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ बनाइएको हो भने यो नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए । जुन फिल्म अत्याधिक सफल पनि भएको थियो।