काठमाडौं । शुक्रबार(आज)देखि चलचित्र ‘जारी २ः सङ अफ च्याब्रुङ’ प्रदर्शनमा आएको छ । यो चलचित्रको रिलिजको पूर्वसन्ध्यामा बिहीबार कमलपोखरीस्थित बिग मूभिजमा प्रिमियर शोको आयोजना गरिएको थियो ।
कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको चलतित्रको प्रिमियर शोमा सिनेमाकर्मी र रंगपत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।
प्रिमियर शोमा पुगेका अधिकांशले लिम्बु संस्कृतिमा आधारित सिनेमा उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिएका छन् । यो सिनेमाले माओवादी जनयुद्ध ताका कसरी धर्म संस्कृति संकटमा परेको थियो भन्ने पक्षलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेको प्रतिक्रिया उपस्थित दर्शकहरुको थियो ।
उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।
बाँसुरी फिल्मस र कबड्डी फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र यो वर्ष व्यापार गर्ने फिल्मको श्रेणीमा राखिएको छ । चलचित्रमा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ ।

प्रतिक्रिया