काठमाडौं । यही असोज ३१ गतेबाट रिलिज हुने फिल्म ‘जेरी अन टप’ को पहिलो गीत सार्वजनिक भएको छ । घटस्थापनाको अवसरमा सोमबार ‘कस्तूरी’ बोलको गीत युट्यूवमार्फत वल्र्ड प्रिमियर गरिएको हो । गीतको भिडियोमा मुख्य कलाकार अनमोल केसी र आँचल शर्मा फिचर्ड छन् ।
आशिष गुवाजु र सदीक्षा कट्टेलको स्वर रहेको गीत संगीतकार जयन जे वाइबाले तयार गरेका हुन् । वाइबाकै शब्द र साउण्ड डिजाइन रहेको गीतमा अशोक थानेतको मिक्सिङ र मास्टरिङ छ ।
सुयोग गुरुङ निर्देशित फिल्ममा अनमोल र आँचलसँगै जसीता गुरुङ, हाँस्य अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’, अभिनेता भुवन केसी र उषा खड्गीको अभिनय छ। अभिनेत्री सुरक्षा पन्त पनि फिल्ममा एक विशेष भुमिकामा देखिएकी छिन् ।

प्रतिक्रिया