काठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’को टिजर सार्वजनिक गरिएको छ। कार्तिक ६ गते भाइटीकाको दिन रिलिज हुने चलचित्रको टिजरमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुबीचको प्रेम, समाजको कठोर यथार्थ र बोल्ड निर्णयलाई झल्काइएको छ ।
यसअघि चलचित्रका चार फरक–फरक पोस्टर सार्वजनिक गरिएको थियो, जसले कथावस्तु प्रेम, संस्कृति र ग्रामीण परिवेशमा आधारित रहेको सन्देश दिएको थियो। नयाँ सार्वजनिक टिजरले पनि त्यही पक्षलाई थप प्रस्ट्याउँदै ग्रामीण जीवनशैली, प्रेमकथा र सामाजिक सङ्घर्षलाई दृश्यात्मक ढङ्गले उतारेको छ।
चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। प्रकाश र परीक्षासँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायत कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया