नेकपा एमाले कास्की-काठमाडौं सम्पर्क मञ्चद्वारा भव्य रुपमा तीज कार्यक्रम सम्पन्न


काठमाडौं । नेकपा एमाले कास्की-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको तीज कार्यक्रम २०८२ तथा महिला भेला शनिबार राजधानीमा उल्लासमय वातावरणमा सम्पन्न भएको छ।

कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सांसद दामोदर बैरागीको विशेष उपस्थितिका रहेको थियो। सोही अवसरमा एमाले कास्कीका नेताहरु रश्मि आचार्य, श्रीकान्त बराल, राजेन्द्र आचार्य लगायत कास्कीबाट काठमाडौंमा बसोबास गरि विभिन्न पेशा तथा व्यवसायमा संलग्न महिला दिदीबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

लक्ष्मी बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम महिलामाझ तिजको सांस्कृतिक महत्त्व, सामाजिक एकता र राजनीतिक सचेतनासहित भव्यताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ ।

युवा नेता एवं नेकपा एमाले कास्की–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष उदयंगमराज तिमिल्सेनाले मातृशक्ति तथा सहभागी आमा, दिदीबहिनी, भाउजू, छोरी, भान्जी र विभिन्न क्षेत्रका व्यक्तित्वलाई हार्दिक शुभकामना ज्ञापन गरे । उनले सम्पर्क मञ्च आमा, दिदी-बहिनीहरुको माइतीघर समेत रहेको बताउँदै कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन सहयोग गर्ने आर्थिक दाताहरुप्रति आभार व्यक्त गरे।

तीज २०८२ लाई महिलामात्र नभई सम्पूर्ण समुदायको साझा उत्सवका रुपमा मनाउनुपर्ने धारणा व्यक्त गर्दै उनले यसप्रकारका सांस्कृतिक कार्यक्रमले समुदायबीचको आपसी सद्भाव र संगठनात्मक एकता अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन्।