मौलिक भाकाको तीज गीत ‘बरिलै सैंया’


काठमाडौं । हरितालिका तीजको अवसरमा मौलिक भाकाको तीज गीत ‘बरिलै सैंया’ सार्वजनिक भएको छ । नवराज बराल र सुकु हिराचनको शब्द तथा लय रहेको गीतमा पिंगला भट्ट, रिता काफ्ले, दीपा शर्मा, सानु जोजीजु, तुलसी शर्मा र सुकु हिराचनको आवाज रहेको छ ।

बाँसुरी डिजिटल स्टुडियोमा रेकर्ड भएको गीतको म्युजिक भिडियो पनि उत्कृष्ट बनेको छ । प्रतिष्ठा कँडेल र श्वेता शर्माको नृत्य रहेको भिडियोको निर्देशन आरएन ढकालले गरेका छन् ।

गीतको एरेन्ज दिवस थापा मगर, मिक्सिङ गोविन्द वली, भिडियोग्राफी इश्वर श्रेष्ठ र पोष्ट पोडक्सन फलानो क्रियसनले गरेको हो ।