समीक्षा अधिकारी र दिपिका बयम्बुको ‘नत्र भने जिन्दगी व्यर्थ छ’


काठमाडौं । नेपाली फिल्म ‘कोशेढुङ्गा’को गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक भएको छ । गीतमा नेत्र अर्यालको शब्द छ भने संगीत खेम सेन्चुरीले नै गरेका छन् ।

गीतमा स्वर खेम सेन्चुरीसँगै समीक्षा अधिकारी र दिपिका बयम्बु मगरको छ । गीत तीजको सेटअपमा छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू सुरक्षा पन्त र नीति शाहले अविवाहितको पक्षबाट आफ्नो परिकल्पना र उत्सुकता राखेका छन् । विवाहित हुँदाको प्रेम ऋचा शर्माले व्यक्त गरेकी छन् ।