काठमाडौं प्रेम, विछोड र बदलाको कथामा तयार भएको फिल्म ‘मोहर’को ट्रेलर सार्वजनिक भएको छ । साउन २३ गतेबाट रिलिज हुने फिल्मलाई फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण गरिएको हो ।
फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ । चुम्बनजंग शाही फिल्मका निर्माता हुन् । फिल्म ‘मोहर’को ट्रेलर नायक पल शाह, नायिकाद्वय बेनिशा हमाल र नीति शाह, कलाकारहरु लक्ष्मी गिरी, अर्जुन जंग शाही र बाल–कलाकार सारा शर्माको वरिपरी घुमेको छ ।
देउकी प्रथालाई मुख्य बिषयवस्तु बनाएको फिल्मको ट्रेलरमा थुप्रै आरोह अवरोह देखिन्छ । पलको बेनिशा र नीतिसँगको प्रेमले पनि अर्थपूर्ण कथा भन्न खोजेको देखिन्छ ।

प्रतिक्रिया