काठमाडौं । नेपाली फिल्म ‘रिमै’ को टिजर सार्वजनिक भएको छ । दयाहाङ राई र रिश्मा गुरूङ अभिनित फिल्मको मंगलबार टिजर सार्वजनिक भएको हो ।
सामाजिक कथामा बनेको फिल्मले गुरूङ संस्कृतिलाई विशेष रूपमा प्रस्तुत गरेको छ । उपेन्द्र सुब्बाको लेखन रहेको ‘रिमै’ लाई खिलबहादुर गुरूङले निर्देशन गरेका छन् ।
फिल्ममा दयाहाङ र रिश्मासहित अर्पण थापा, गौमाया गुरूङ, कविता आले मगर, माओत्से गुरुङ, बुद्धि तामाङ, पुस्कर गुरूङ, वीरमाया गुरूङ, वीरवल घले, डिवी गुरूङ, टेक गुरूङ र बाल कलाकार असिम सुब्बा, प्रेस्टु गुरूङ र प्रश्ना राना मगरलगायतको अभिनय छ । भदौ २० गतेबाट देशव्यापी प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया