काठमाडौं । गायिका रचना रिमालको प्रस्तुतिमा ‘बामरी बसायो’ बोलको तीज गीत आएको छ । रचनाले गायिकाहरू एलिना चौहान र इन्द्रकला राईसँगको सहकार्यमा यो गीत ल्याएकी हुन् ।
तीन चर्चित गायिकाहरूको स्वर रहेको गीतमा दीपक शर्माको शब्द तथा संगीत छ । संगीत संयोजनको काम नरेन्द्र बियोगीले गरेका छन् । रचना, एलिना र इन्द्रकलाले भिडियोमा नृत्य समेत गरेका छन् ।
सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियो गम्भीर विष्टको निर्देशनमा बनेको हो । भिडियोको छायाँकन नवराज उप्रेती हुन् भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया