‘सिटामोल’ को ‘मुटुभित्र खिल छ हजुर’


काठमाडौं । नेपाली फिल्म ‘सिटामोल’ को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक भएको छ । गीतमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मासहित संगीतबार बाबुल गिरी पनि देखिएका छन् ।

बाबुल गिरीको संगीत तथा स्वर रहेको गीतको शब्द रचना गोविन्द भट्टले गरेका हुन् । राज बहादुर साने निर्देशित ‘सिटामोल’ मा सौगात, बेनिशा श्रीकृष्ण र जानुकासहित लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको समेत अभिनय छ ।

तुल्सी देवी फिल्म प्रालिले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । फिल्म साउन २३ गतेबाट प्रदर्शनमा आउनेछ ।