काठमाडौँ । गायक तथा मोडल दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्यै’ युट्युबमा १० करोडभन्दा बढी पटक हेरिएपछि उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक संजालमार्फत दुर्गेशलाई बधाई दिएका हुन् । प्रधानमन्त्रीले सामाजिक संजालमा लेखेका छन्, ‘आजको नयाँ पुस्ताले बेग्लै स्वादका गीत/संगीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेको हेर्यै’ गीतको भ्युजबाट थाहा हुन्छ । दुर्गेश थापाको यो गीतलाई पाँच महिनामा १०० मिलियनभन्दा बढीले सुनेका छन् । गीतका सर्जक दुर्गेश थापालाई बधाई !’

प्रतिक्रिया