बलिउडकी चर्चित डान्सर नोरा फतेही साङ्गितिक कार्यक्रममा सहभागी हुन काठमाडौंमा


काठमाडौँ । बलिउडकी अभिनेतृ नोरा फतेही शनिबार बिहान काठमाडौं आइपुगेकी छन् । नोरा फतेहीले आज साँझ बौद्धस्थित हायात होटलको मैदानमा हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ नामक कार्यक्रममा आफ्नो प्रस्तुती दिन काठमाडौं आएकी हुन् ।

उनको २३ सदस्यीय टोली भने यसअघि शुक्रबार अपराह्न नै काठमाडौँ आइपुगेको आयोजकले जनाएको छ । नोराको आगमनसँगै उनका नेपाली फ्यानहरू उत्साहित भएका छन् ।