यस्तो छ ‘ऊनको स्वीटर’को ट्रेलर


काठमाडौं । फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र ‘ऊनको स्वीटर’ पूर्वी नेपालको पाँचथर जिल्लामा छायाँकन गरिएको छ ।

वैशाख २६ गते रिलिज हुने चलचित्र यथार्थवादी सामाजिक कथानक रहेको निर्माणपक्षले बताएको छ । नवीन चौहानले निर्देशन गरेको चलचित्रमा विपीन कार्की र मिरुना मगर मुख्य भूमिकामा छन् ।