काठमाडौं । नेपाली फिल्म ‘जन्ते बाख्रो’ को गीत ‘अंगुरको झुप्पो’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गीतमा महेश काफ्ले र अस्मिता अधिकारीको स्वर छ ।
गीतको शब्द रचना तथा कम्पोज महेशकै हो भने रिकेश गुरुङको एरेञ्ज, मिक्सिङ्ग मास्टरिङ्ग छ । भिडियोमा फिल्मका मुख्य कलाकार आशिफ शाह र गरिमा शर्मा फिचर्ड छन् ।
फिल्ममा सौगात मल्ल, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रूषा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर, संगीता शर्मालगायत कलाकारहरूको अभिनय छ ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुती रहेको फिल्मको निर्देशन सिमोस सुनुवारले गरेका हुन् । फिल्मको निर्माता सन्तोष गौतम हुन् भने प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद लेखन छ।
काठमाडौं । नेपाली फिल्म 'बाबरी'को शीर्ष गीत र फिल्मको पोस्टर सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको ‘बाबरी रङ्ग’ बोलको शीर्ष गीत र पोस्टर सार्वजनिक गरिएको हो । गीतमा नायिका अदिती बुढाथोकी र नायक धिरज मगर फिचर्ड छन् । अस्मिता अधिकारी र अनमोल गुरुङको स्वर रहेको गीतको…
काठमाडौं । फिल्म ‘वेलकम टु हेम्जाकोट’ को ‘मायाको रेडियो’ बोलको गीत सार्वजनीक गरिएको छ । सरोज पौडेलको लेखन र निर्देशनमा निर्माण भएको फिल्मको आइटम फ्लेभरको गीतमा बिनोद न्यौपाने र अलिशा शर्मा फिचर्ड छन् । कार्तिक २५ गतेलाई प्रदर्शन मिति तय गरिएको गीतको भिडियो बुधबार सार्वजनिक गरिएको हो । गीतमा कविराज…
काठमाडौं । आगामी जेठ २५ गते रिलिज हुने फिल्म ‘लण्डन टु पेरिस’ को पहिलो गीत ‘खुला आकाश’ सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमबीच फिल्मका प्रमुख कलाकार निश्चल खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर्ड गीत सार्वजनिक गरिएको हो । गीतमा हर्कुलस बस्नेतको शब्द, संगीत र स्वर छ । लण्डनमा…