‘नरसिंहाः अवतार’ को नयाँ पोस्टर सार्वजनिक



काठमाडौं । दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्म ‘नरसिंहाः अवतार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ।

जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्मको पोस्टरमा यसमा अभिनय गरेका सबैजसो कलाकारहरूलाई स्थान दिइएको छ।

यो फिल्मको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ गीतको चर्चासँगै टिमले यो पोस्टर ल्याएको हो। केही दिनअघि सार्वजनिक उक्त गीतलाई युट्युबमा दर्शकले निकै रुचाएका छन्।

पोस्टरमा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, सरोज खनाल, नीर शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, दीपा शाही, प्रकाश कुँवर, राजिव जंग बस्नेत, राजिव मानन्धर (टार्जन) लगायतका कलाकारहरूलाई स्थान दिइएको छ।

चन्द्र पन्तको कथा रहेको फिल्ममा राजु तामाङको एक्सन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाको भिएफक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, राकेश दाहालको पोस्टर डिजाइन छ ।

क्रियटिभ सिने आर्टस्का लागि नेम महर्जन निर्माता रहेको फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बुद्धिसागरको कथामा चलचित्र निर्माण

काठमाडौँ । ‘कर्णाली ब्लूज’, ‘फिरफिरे’, ‘एक्लो’ जस्ता चर्चित उपन्यासका लेखक तथा कवि बुद्धिसागरको

चलचित्रमा काम गरेर नाटकघर चलाउने मेरो योजना नै थियो : अभिनेता दयाहाङ राई(अन्तरवार्ता)

काठमाडौं । भोजपुरको खावा गाउँबाट लाहुर जाने उद्देश्यका साथ काठमाडौँ आइपुग्नुभएका दयाहाङ राई

सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : अभिनेता हमाल

काठमाडौँ । अभिनेता राजेश हमाल आठवर्षको अन्तरालपछि चलचित्रमा देखिँदै छन् । आफूले सुहाउँदो

डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’

–भेषराज कार्की काठमाडौं । जसरी सानो ‘झिल्को’ ले ठूलो आगलागी निम्त्याउन सक्छ, त्यसरी