‘तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ मा एकसय भन्दाबढी कलाकार सहभागी



काठमाडौँ । काठमाडौंको थापागाउँस्थित मण्डला नाटकघरमा बुधबारदेखि ‘तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट)’ सुरु भएको छ । १२ देशका १७ नाटक सहभागी महोत्सवको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी कुलपति निशा शर्माले दमाहा बजाएर उद्घाटन गरिन् ।

समारोहमा कुलपति शर्माले आफ्नो नाट्य जीवनको स्मरण गर्दै नाटक मनोरञ्जन मात्र नभई कलाकारका लागि जीवन र साधना रहेको बताइन् ।

उनले भनिन्, ‘हामीले नाटकलाई लिएर जुन सपना देखेर यात्रा सुरु गरेका थियौँ, नयाँ पुस्ताले त्यसलाई मेहनत र इमान्दारिताका साथ अगाडि बढाउनुभएको छ । नाट्य क्षेत्र अहिले राम्रो भएको छ र भविष्य झनै राम्रो छ । यस किसिमको महोत्सवले हाम्रो ज्ञान आदानप्रदानसँगै आम दर्शकलाई नाटकको गतिविधिमा जोड्न मद्दत गर्छ ।’

कुलपति शर्माले महोत्सवमा सहभागी भएर आफूले पनि विभिन्न नाटक हेर्ने बताइन् । ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्चः रैथाने ज्ञानको उज्यालो’ नारासहित आयोजना गरिएको महोत्सवमा रङ्गमञ्चसँगै कला, संस्कृति, चलचित्र, मिडिया, नीति, राजनीतिलगायत विविध विषयमा छलफल हुने महोत्सव निर्देशक दयाहाङ राईले बताए ।

‘हाम्रो रङ्गमञ्चको भोगाइ, यात्रा र अनुभव साटासाट गर्ने थलोका रुपमा यो महोत्सवलाई तयार गरेका छौँ । हामीले सिकेको र आर्जन गरेको ज्ञान नयाँ पुस्तालाई पुस्तान्तरण गर्ने एउटा कोसिस गरेका छौँ । यहाँ साहित्य, रङ्गमञ्च चलचित्र सबै विषयमा चर्चा गर्नेछौँ’, उनले भने ।

निर्देशक राईले मनोरञ्जनसँगै ज्ञान निर्माणमा महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनका अनुसार तेस्रो संस्करणअन्तर्गत आयोजित महोत्सवमा स्कटल्यान्ड, चीन, जर्मनीलगायत विभिन्न देशबाट १०० भन्दा बढी कलाकार सहभागी भएका छन् ।

यसपटक काठमाडौँसँगै पोखरा, भरतपुर र बेलबारीमा पनि निटफेस्टको आयोजना हुनेछ । पोखरामा यही फागुन ९ गते, भरतपुर र बेलबारीमा १० गतेदेखि निटफेस्ट सुरु हुनेछ ।

कला प्रदर्शनी, सङ्गीत, नृत्यलगायत गतिविधि समेटिनाका साथै परम्परागत संस्कृति तथा लोकसंस्कृतिको प्रवद्र्धनलाई महोत्सवले प्राथमिकतामा राखेको आयोजकले जनाएको छ । लोकनृत्य, लोकसङ्गीतदेखि चित्रकलासम्मका अन्य गतिविधि समावेश भएको महोत्सव चैत १२ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाटक ‘आतुरकाल’ जापानमा मञ्चन गरिँदै

गण्डकी। इन्द्रेणी थिएटर पोखराको प्रस्तुति तथा निर्देशक केदारनाथ पौडेलद्वारा लिखित, निर्देशित नाटक ‘आतुरकाल’

‘चलचित्रमा अभिनय गर्दा होस् वा प्रहसन गर्दा अहिले पनि मेरो मुटू ढुकढुक हुन्छ’

काठमाडौँ  । कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुती रहेको

‘जेरी अन टप’को छायाँकन पूरा

काठमाडौं । अनन्या फिल्मस् प्रालिको मल्टिस्टारर फिल्म ‘जेरी अन टप’को छायाँकन पूरा भएको

‘अञ्जिला हरेक खेलाडीको कथा हो’

काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ्गले चलचित्र ‘अञ्जिला’