चलचित्र ‘अञ्जिला’ मा खेलाडीको सङ्घर्षदेखि सफलतासम्मको कथा



काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन अञ्जिला तुम्बापो सुब्बाले आफ्नो जीवनको सङ्घर्ष र सफलता चलचित्र देख्न सकिने बताएकी छन् ।

नयाँ बसपार्कस्थित चलचित्र भवनमा शुक्रबार ‘अञ्जिला’को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले चलचित्रमा आफ्नो भूमिकाले खेलाडी बन्ने सपना बोकेकालाई प्रेरणा दिने बताइन् ।

उनले भनिन्, ‘सानैदेखि खेलकुदमा लगाव भएकाले मैले सक्नेभन्दा बढी यही क्षेत्रमा काम गरेँ । मेरो निरन्तरता र सङ्घर्षले आज मलाई यहाँसम्म पुर्याएको हो ।’

क्याप्टेन सुब्बाले खेलाडी र खेलकुदका विषयलाई समेटेर चलचित्र बनाइएको भन्दै यसले खेल क्षेत्रमा भविष्य खोज्ने अन्यलाई पनि प्रेरणा दिने उनले विश्वास व्यक्त गरिन् ।

चलचित्रमा उनी स्वयंले आफ्नो भूमिका निर्वाह गरेकी छन् । ‘सुरुमा मलाई असहज पनि भएको थियो । राम्रो निर्माण समूह पाएपछि अभिनय पनि गरेकी छु । मजस्तै सङ्घर्षशील अन्य खेलाडीको कथालाई पनि चलचित्रमा देख्न पाइने छ भन्ने मलाई विश्वास छ’, सुब्बाले भनिन् ।

उनले आफ्नो खेलजीवनमा सफलताको श्रेय धर्मपिता प्रेमकुमार श्रेष्ठलाई दिएकी छन् । चलचित्रको निर्मातासमेत रहेका सुब्बाका धर्मपिता श्रेष्ठले चलचित्रले खेलमा आफ्नो भविष्य देख्नेहरूलाई प्रेरणा दिने बताए ।

“अञ्जिलाको जीवनले खेलकुदमा लाग्नेलाई अगाडि बढ्न प्रेरणा दिन्छ र उहाँको सङ्घर्ष कुनै चलचित्रको पटकथाभन्दा कम छैन”, निर्माता श्रेष्ठले भने । उनले चलचित्रमा क्याप्टेन सुब्बासँगै अन्य राष्ट्रिय खेलाडीलाई रहेका जनाउँदै सबैलाई सहयोगका लागि धन्यवाद दिए ।

निर्देशक मिलन चाम्सले क्याप्टेन सुब्बाको जीवनीको ९० प्रतिशत कथालाई चलचित्रमा समावेश गरेको जानकारी दिए । ‘खेलकुदमा चलचित्र बनाउन नेपाली स्रोत र साधनले भ्याएसम्म कोसिस गरेका छौँ । क्याप्टेन सुब्बाको जीवनको महत्त्वपूर्ण खेललाई चलचित्रमा समावेश गरेका छौँ । उहाँको जीवनलाई पर्दामा हेर्दा नरसाउने आँखा सयादै होलान्’, उनले भने ।

चलचित्रका अभिनेता दयाहाङ राईले नेपाली फुटबलको विषयमा चलचित्र बन्नु सकारात्मक पक्ष रहेकाले आफू कलाकारका रूपमा जोडिएको बताए ।

उनले भने, ‘म फुटबल खेलको प्रशंसक हुँ । क्याप्टेन सुब्बाको जीवनीमा चलचित्र बन्दैछ भन्ने सुनेपछि खुसी भएको थिएँ, मलाई अभिनय गर्ने प्रस्ताव आएपछि आफ्नो भूमिका नसुन्दै सहमति दिएँ । सुब्बासँग चलचित्रभर अधिकांश दृश्य छ, यो मेरो जीवनकै महत्त्वपूर्ण उपलब्धि हो ।’

चलचित्रमा सुनिल थापा, विजय बराल, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन् । सुदीप बरालले छायाङ्कन, मिलन श्रेष्ठले सम्पादन गरेको यो चलचित्र यही फागुन २९ गते नेपालसहित विश्वभर प्रदर्शन हुने वितरक करण श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘फेस अफ क्लासिक डाइमण्ड’को पाँचौ सिजनका विजेताहरूलाई सम्मान

काठमाडौं । क्लासिक डाइमण्डको टाइमलेस प्यारागन ज्वेलरी फेसन शो (टीपीजेएफएस) सम्पन्न भएको छ

‘वरिष्ठ बलराम’को प्रदर्शन मिति घोषणा

काठमाडौं । फिल्म ‘वरिष्ठ बलराम’ले रिलिज मिति घोषणा गरेको छ । टाइटल टिजर

‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको