‘फेस अफ क्लासिक डाइमण्ड’को पाँचौ सिजनका विजेताहरूलाई सम्मान



काठमाडौं । क्लासिक डाइमण्डको टाइमलेस प्यारागन ज्वेलरी फेसन शो (टीपीजेएफएस) सम्पन्न भएको छ । कार्यक्रममा क्लासिक डाइमण्ड ज्वेलर्सले मंसिरमा आयोजना गरेको फेसन र मोडलिङ प्रतियोगिता ‘फेस अफ क्लासिक डाइमण्ड’को पाँचौ सिजनका विजेताहरूलाई सम्मान र पुरस्कार पनि प्रदान गरिएको थियो ।

देशभरबाट छानिएका प्रतियोगिमध्ये पूर्णिका सिंजापति फेस अफ क्लासिक डाइमण्ड, सृष्टि श्रेष्ठ फस्ट रनरअप तथा उरुसा भण्डारी सेकेन्ड रनर अप भएका छन् ।

विजेताहरुले नगद पुरस्कारसहित एक वर्षका लागि ‘क्लासिक डाइमण्डको ब्रान्ड एम्बेसडर’ बन्ने अवसर पनि प्राप्त गरेका छन् । सोमबार काठमाडौंमा भएको फेसन शोमा विजेताहरुको क्राउनिंग सेरेमोनि पनि भएको थियो ।

क्राउनिंग सेरेमोनिपछि विजेताहरुलगायत विभिन्न मुलुकका १५ भन्दा बढि अन्तर्राष्ट्रिय मोडलहरुले इलाइट कलेक्सनका नयाँ डिजाइनका गहनाहरु लगाएर र्याम्पमा वाक गरेका थिए । सो अवसरमा मिस युनिभर्स २,००० तथा बलिउड अभिनेत्री लारा दत्त सो स्टपर रहेकी थिइन्।

दत्तले क्लासिक डाइमण्डको विशेष क्राउन लगाएर र्याम्प वाक गरेकी थिइन् । साथै, उनले क्लासिक डाइमण्ड तथा नेपालका बारेमा पनि आफनो विचार व्यक्त गरेकी थिइन् ।

यसैगरि, फागुन १३ गतेदेखि क्लासिक डाइमण्ड ज्वेलर्सले एक हप्ताका लागि विशेष छुटसहित ज्वेलरी एक्जिबिसन सुरु गरेको छ। एक्जिबिसन क्लासिक डाइमण्ड ज्वेलर्सको न्यूरोड तथा पुल्चोक सोरुममा चलिरहेको छ ।

उक्त अवसरमा क्लासिक डाइमण्ड ज्वेलर्सले आफनो इतिहासमा नै पहिलो पटक हिरा तथा जेम्स स्टोन जडित गहनाहरुमा फ्याक्ट्री मूल्यमा २५ प्रतिशत छुटको अफर प्रदान गरेको छ । साथै, उक्त अवसरमा इलाइट कलेक्सन अन्तर्गत ५ वटा विभिन्न क्याटागोरीमा हिराका गहना प्रदर्शनी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कलाकारको उमेर होइन, अभिनय हेरिन्छः अभिनेता हमाल

काठमाडौँ। अभिनेता राजेश हमालले कलाकारलाई उमेरले असर नगर्ने भएकाले उसले निर्वाह गर्ने पात्र

फिल्म ‘कर्मा’को गीतमा दुर्गेशको स्वर

काठमाडौं । गायक दुर्गेश थापाले फिल्म ‘कर्मा’का लागि गीत गाएका छन् । सौरभ

‘नमूना कलेज अफ फेसन टेक्नोलजीको १९औँ ग्रेजुएसन फेसन शो’

अनुकल्पित प्रभानम् शीर्षकमा ‘नमूना कलेज अफ फेसन टेक्नोलजीको १९औँ ग्रेजुएसन फेसन शो’मा मोडलिङ

‘वसन्त’ मा मेरो देखाइ, भोगाई र अनुभवलाई समेटेको छु’

काठमाडौं  । सङ्गीतकार, गीतकार, अभिनेताका रूपमा परिचित गायक प्रकाश सपूतले निर्देशन गर्नुभएको पहिलो