‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ



काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न महोत्सवमा प्रस्तुति दिए । फागुन लागेसँगै साङ्गीतिक कार्यक्रमका लागि युएई पुगेका उनलाई त्यहाँबाट फर्केपछि पनि मेला–महोत्सवमा पुग्न भ्याइनभ्याइ छ ।

मङ्गलबार कैलालीको सुखडमा आयोजित ‘दोस्रो घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सव’मा प्रस्तुति दिका थापा आज चितवनको गड्यौली महोत्सव पुगेका छन् ।

यही बेला उनको पछिल्लो गीत ‘दुश्मन हरेरै हेरै…’ले पनि युट्युबमा उल्लेख्य दर्शक÷स्रोता बटुलेको छ । एक महिनाअघि थापाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक उक्त गीतको म्युजिक भिडियोलाई हालसम्म दुई करोड ६० लाखभन्दा बढी पटक हेरिएको छ । युट्युब ट्रेन्डिङको पहिलो स्थानमासमेत परिसकेको उक्त गीतको सफलता सँगसँगै मेला–महोत्सवमा उनको माग बढेको हो । यो गीत छोटो समयमा धेरै ‘भ्यूज’ पाउने थापाको पहिलो गीत हो ।

गत साता एकैदिन हेटौँडा र नुवाकोटको महोत्सवमा पुगेका थापाले हेलिकप्टर प्रयोग गगेका थिए। “फागुन महिनामा ३२ भन्दा बढी ठाउँमा प्रस्तुति दिँदैछु, यो सब दर्शक÷स्रोताको माया र साथले सम्भव भएको हो”, उनले भने, “दुश्मन हेरैको हेरै…गीतको सफलताले मलाई पनि थप उचाइ दियो, यसबाट नयाँ ऊर्जा पाएको महसुस भइरहेको छ ।” कतिपय ठाउँका कार्यक्रममा माए आए पनि व्यवस्ताका कारण समय दिन नभ्याएको थापाले सुनाए । युट्युबसँगै मेला–महोत्सवमा दर्शकले दिएको साथका कारण उनले आर्थिक रूपमा पनि राम्रो लाभ उठाइसकेका छन् ।

‘दुश्मन हेरेको हेरै…’मा थापासहित गायक आनन्द कार्की, गायिका समीक्षा अधिकारी र एलिना चौहानको स्वर सुन्न सकिन्छ । थापाले आफ्नै शब्द र सङ्गीतमा उक्त गीत तयार पारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतीय अभिनेत्री नोरा फतेही नेपाल आउँदै

काठमाडौँ । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आउने भएक छन् ।

बबरमहलमा पाँच महिला कलाकारको संयुक्त कला प्रदर्शनी

काठमाडौँ । बबरमहलस्थित नेपाल कला परिषदमा पाँच महिला कलाकारले संयुक्त कला प्रदर्शनी सुरु

‘नाच पुतली’मा आश्मा र चाहनाको नृत्य

काठमाडौं । नेपाली फिल्म ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक भएको छ । गीत

रामकृष्ण ढकालको नयाँ वर्षको पूर्वसन्ध्यामा साङ्गीतिक प्रस्तुति दिने

काठमाडौँ । गायक रामकृष्ण ढकालले नयाँ वर्षलाई लक्षित गर्दै साङ्गीतिक प्रस्तुति दिने भएका