चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक



काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ । यसको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै निर्देशक सशान कँडेलले विद्यार्थी जीवनको विभिन्न पाटोलाई चलचित्रमा प्रस्तुत गरेको बताए ।

उनले भने, “विद्यार्थी जीवनमा छात्रावासमा बस्नेले त्यही छुट्टै परिवार बनाउनुहुन्छ, त्यहाँको जीवन र भोगाइलाई समाज र अभिभावकले बुझ्न नसकेको गुनासो विद्यार्थीको हुनेगर्छ, त्यसकारण यो अभिभावक र विद्यार्थी दुवैको कथा र व्यथालाई प्रस्तुत गरिएको छ, यसले दुवै पक्षको परिस्थितिलाई उजागर गर्छ ।”

निर्देशक कँडेलले ‘होस्टेल’ र ‘होस्टेल २’ पछि शृङ्खलाकै रुपमा ‘होस्टेल ३’ निर्माण गरिए पनि परिवेश र घटनाक्रम नयाँ रहेको बताए । यसमा पारसवम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका कलाकारले अभिनय गरेका छन् । उल्लेखित कलाकारले यसै चलचित्रमार्फत आफ्नो अभिनय यात्राको सुरुवात गर्दैछन् ।

नवअभिनेता ठकुरीले आफ्नो लागि चलचित्रमा अभिनय र अभिनय सपना झैँ भएको बताए । “मैले यो यात्राको बारेमा सोचेको थिइन्, तर अहिले अभिनय थालेको छु, मैले बुझेको र मलाई सिकाइएको अनुसार आफ्नो पात्रलाई निर्वाह गर्ने कोसिस गरेको छु, यो चलचित्रममा काम गर्दा उस्तै उमेर समूहका भएर हुनसक्छ, हामी साथी बनेका छौँ, होस्टेल जीवन र त्यहाँको यथार्थलाई बुझ्न मदत पुगेको छ ।”

चलचित्रमा माधव शर्माले लेखन, अर्जुन तिवारीले छायाङ्कन निर्देशन, विकास दाहालले सम्पादन, हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पल शाह ‘आ बाट आमा’ मा अनुबन्ध

काठमाडौं । चन्द्र पन्तको निर्देशनमा बन्न लागेको फिल्म ’आ बाट आमा’ को शीर्ष

‘सिसा झ्यालैमा’ एलिना र रायनको नृत्य

काठमाडौं । सुजित घिमिरेको स्वरमा लोकदोहोरी गीत ‘सिसा झ्यालैमा’ सार्वजनिक भएको छ ।

‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा