‘यो मन त मेरो नेपाली हो’ को प्रदर्शन मिति तय



काठमाडौं । फिल्म ‘यो मन त मेरो नेपाली हो’ को प्रदर्शन मिति तय गरिएको छ । फिल्मका निर्माता ज्ञानबहादुर प्रधान (रोशन)ले फिल्म २०८२ सालको असार २७ गतेबाट प्रदर्शनमा आउने जानकारी दिएका छन्। फिल्मलाई आरआर फिल्मस् प्रालिले वितरण गर्नेछ ।

फिल्ममा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन ‘मन्त्री’,सुबास भन्डारी,बिजय सुब्बा, बिजिता बर्देवा, देवराज राजवंशीलगायतको अभिनय रहेको छ । अमेरिकामा रहेका साहित्यकार नर प्रधान (मित्र) को निर्देशन तथा कथा रहेको फिल्मलाई ज्ञानबहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् ।

शिवम् अधिकारीको लेखनमा निर्माण भएको फिल्मले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुदा फिल्मको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतीय अभिनेत्री नोरा फतेही नेपाल आउँदै

काठमाडौँ । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आउने भएक छन् ।

बबरमहलमा पाँच महिला कलाकारको संयुक्त कला प्रदर्शनी

काठमाडौँ । बबरमहलस्थित नेपाल कला परिषदमा पाँच महिला कलाकारले संयुक्त कला प्रदर्शनी सुरु

‘नाच पुतली’मा आश्मा र चाहनाको नृत्य

काठमाडौं । नेपाली फिल्म ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक भएको छ । गीत

रामकृष्ण ढकालको नयाँ वर्षको पूर्वसन्ध्यामा साङ्गीतिक प्रस्तुति दिने

काठमाडौँ । गायक रामकृष्ण ढकालले नयाँ वर्षलाई लक्षित गर्दै साङ्गीतिक प्रस्तुति दिने भएका