एपिक नेपाल म्युजिक अवार्ड घोषणा



भक्तपुर।  यस वर्षको पाँचौँ एपिक नेपाल म्युजिक अवार्ड मध्यपुरथिमि नगरपालिकास्थित ऐतिहासिक सम्पदास्थल दुई पोखरीमा चैत २ गते आयोजना हुने भएको छ ।

एपिक नेपाल म्युजिक प्रालिले शनिबार मध्यपुरथिमिको शङ्खधर पार्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा अवार्ड वितरणबारे जानकारी दिँदै मध्यपुरथिमि नगरपालिकाका निवर्तमान नगरप्रमुख मदनसुन्दर श्रेष्ठ विभिन्न ३२ विधामा यस वर्ष अवार्ड वितरण गरिने बताएका हुन् । उनले यस वर्षको अवार्ड प्रदानमा लाइफ टाइम एचिभमेन्ट अवार्ड वरिष्ठ कलाकार वसुन्धरा भुसाललाई प्रदान गरिने घोषणा गरे ।

पत्रकार सम्मेलनमा सदावहार नायकको अवार्ड भुवन केसीलाई, रियल हिरोको अवार्ड पल शाहलाई, पत्रकार सम्मान ऋषि धमलालाई र युवा पत्रकार सम्मान ऋषि थपलियालाई प्रदान गरिने उनले बताए।

यस वर्ष सर्वाेत्कृष्ट घोषणा गरी अवार्ड प्रदान गरिनेमा लेकगीततर्फ गायक, गायिका, शब्द, लय, मोडल पुरुष, मोडल महिला, भिडियो निर्देशक, नृत्य निर्देशक, म्युजिक एरेन्जर, भिडियो छाँयाकार, भिडियो सम्पादक, नवगायक, नवगायिका, नवमोडल पुरुष, नवमोडल महिला अवार्ड प्रदान गरिने भएको छ ।

त्यसैगरी आधुनिकतर्फ गायक, गायिका, सङ्गीतकार, गीतकार, मोडल पुरुष, मोडल महिला, भिडियो निर्देशक, लोकपप गायक, टेलिचलचित्र कलाकार, श्रृङ्गार, भाषाभाषी पुरुष कलाकार, भजन गायक, गीतकार डयास्पोरा, भाषाभाषी गायिका, नवप्रतिभा, सर्वाेत्कृष्ट खलपात्र, सर्वोत्कृष्ट चलचित्र गायकलगायतलाई अवार्ड प्रदान गरिने भएको छ ।

प्रत्येक विधामा उत्कृष्ट पाँच जनाको नाम छनोट भएकामा अब सर्वोत्कृष्ट एकको छनोट गरी अवार्डका लागि सिफारिस गर्न पाँच जनाको निर्णायकमण्डल गठन गरेको श्रेष्ठले बताए। कलाकार मिथिला शर्माको नेतृत्वमा निर्देशक सुब्रत आचार्य, गायक चन्द्र शर्मा, निर्देशक प्रकाश भट्ट र गायिका प्राश्ना शाक्य रहेको निर्णायकमण्डल गठन गरिएको उनले बताए ।

निवर्तमान नगरप्रमुख श्रेष्ठले भने, “प्रत्येक वर्ष हुँदै आएको एपिक नेपाल म्युजिक अवार्डमा अब दुई वर्षमा आयोजना गरिने भएको छ । छैटौँ संस्करणको अवार्ड वितरण २०८३ मा हुनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ

‘रोक्ने छैन’ मा सृष्टि, महेश र करिष्माको रोमान्स

काठमाडौं । नेपाली फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको

‘पण्डित भन्दैमा भगवान हुँदैनन्, म पनि पण्डितको छोरो हो, कपोकल्पित कुरा गरेर भ्रममा पार्ने काम बन्द गरौँ’

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुका विरुद्धमा अनर्गल प्रचार

‘यो मन त मेरो नेपाली हो’ को प्रदर्शन मिति तय

काठमाडौं । फिल्म ‘यो मन त मेरो नेपाली हो’ को प्रदर्शन मिति तय