गीतकार केसीका दुई गीत सार्वजनिक



 

काठमाडौँ । वरिष्ठ कलाकार एवं गीतकार उत्तम केसीले लेखेको दुई गीत एकसाथ सार्वजनिक गरिएका छन् । उनका ‘छातीभित्र मुटु चल्छ, मुटुभित्र माया…’ र ‘विपनीमा टुङ्गियो माया…’ गीत सार्वजनिक गरिएका हुन् ।

केसीका गीतमा गायक राजेश पायल राई र सिक्किमकी गायिका अञ्जना नाल्बो लिम्बूले स्वर दिएकी छन् । लिम्बू ‘याक्थुङ स्टार’ गायन प्रतियोगीताको उपाधि विजेतासमेत हुन् ।

उत्तम केसी नेपालका एक साथ दुई गीत गाएका हुन् ।  केसीका दुवै गीत शुक्रबार काठमाडौँको ‘मेलोडी स्टुडियो’मा रेकर्ड गरिएका हुन् । ती दुवै गीतमा वरिष्ठ सङ्गीतकार अष्ट लामा र पुस्कर सुनुवारको सङ्गीत रहेको छ

गायिका लिम्बूले गीतकार केसीका शब्दबाट प्रभावित भएर गीत गाएको बताइन् । केसी गीत लेखन तथा कथा लेखनमा लामो समयदेखि सक्रिय छन् ।

उनका ‘न झुकुन हाम्रा शिरहरू, ‘जसले जे जे भने पनि तिमी मेरी आमा’, मकै भुट्ने हाँडीमा’, ‘रहरै भो’, ‘कि वार कि पार’, ‘अब जे होला होला’, ‘ठण्डा ठण्डा पानी’, ‘आकशको जुन तिमी, धर्तीको फूल’ लगायत गीत श्रोता÷दर्शकमाझ लोकप्रिय रहेका छन् ।

केसीले झण्डै दुई सयको हाराहारीमा ठूलो पर्दा तथा सानो पर्दाका चलचित्रमा आफ्नो अभिनय पस्किसकेका छन् । उनी चलचित्र निर्माण, निर्देशनमा पनि सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२०८१ मा ६२ नेपाली चलचित्र प्रदर्शन, दर्शकको उल्लेखनीय साथ

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष–२०८१, समग्रमा सुखद रह्यो । यो वर्ष

एउटै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शनमा

काठमाडौँ । केही समययता एकै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शन हुने क्रम बढ्न

‘जार’ प्रदर्शनको मिति तय

काठमाडौँ । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘जार’ को

जसले गरे वर्ष २०८१ मा १० करोड भन्दाबढीको व्यापार

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद् रह्यो। यस वर्ष