सुरु भयो चलचित्र ‘पहाड’ को छायाङ्कन



काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा दरबारमा पूजा गरेपछि अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र नवअभिनेत्री पञ्चमी घिमिरेको दृश्यलाई खिच्दै छायाङ्कन सुरू गरिएको हो ।

निर्देशक घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्याको कथावस्तु रहेको चलचित्रको छायाङ्कन गोरखा आसपासमा २५ दिनसम्म गरिने बताए ।

उनले भने, ‘अहिलेको समाजको तीतो यथार्थलाई दर्शक समक्ष पुर्‍याउने कथा तयार भएको छ । मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको चलचित्रमा नयाँ र पुरानो दुवै पुस्तासँग काम गर्न पाउँदा उत्साहित छु । पुनः चलचित्र निर्देशनमा सक्रिय हुँदा छुटै ऊर्जा प्राप्त भएको छ ।’

यस चलचित्रबाट निर्देशक घिमिरेको छोरी पञ्चमी घिमिरेले अभिनयको सुरुआत गरेकी छन् । चलचित्रकर्ममा छोरीको आगमनले आफूलाई खुसी लागेको निर्देशक घिमिरेले बताए । ‘आफू भएको पेसामा सन्तान आउँदा वा विश्वास गर्दाको खुसी व्यक्त गर्न सकिँदैन । अन्य पेसाझैँ हामी चलचित्रकर्मी पनि आफ्नो सपनालाई सन्तानले अगाडि बढाएको हेर्न चाहन्छौँ’, उनले भने ।

चलचित्रमा नागरिकको दायित्व र देशको आवश्यकतालाई चित्रण गरिएको छ । ओजस्वी केसी निर्माता रहेको सो चलचित्रलाई प्रमोद प्रधानले छायाङ्कन गरिरहेका छन् । चलचित्रमा विपीन कार्की, सुनिल थापालगायतका कलाकारले अभिनय गर्दै छन् । यसमा रञ्जित गजमेरले सङ्गीत भरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वर्षा कुँवरलाई ‘मिसेस ब्यूटी क्वीन’को उपाधि

काठमाडौं । ‘रियलस्टेट’ व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल सिजन ७ को

जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

ललितपुर । नेपाली चलचित्र क्षेत्रको अन्तरराष्ट्रियकरण, बजार प्रवर्द्धन, सम्भावना र अवसरको खोजी गर्ने

निफको निर्णायकमा सुरक्षा पन्त र दीपेन्द्र गौचन छनोट

काठमाडौँ । ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करणमा निर्णायक मण्डलका दुई

ग्रामीमा शीर्ष कन्ट्री एल्बम सम्मान बियोन्सेलाई

लस एन्जलस । बियोन्सेले आइतबार आफ्नो संस्कृति–हल्लाउने ‘काउब्वाइ कार्टर’ का लागि वर्षको सर्वश्रेष्ठ