फिल्म ‘फेरि रेशम फिलिली’को दोस्रो गीत ‘फेरि जालमा’



काठमाडौं । महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘फेरि रेशम फिलिली’को दोस्रो गीत ‘फेरि जालमा’ सार्वजनिक गरिएको छ ।

२०७१ सालमा रिलिज गरिएको जालमा गीत भाइरल भएको थियो । यही गीतका कारण त्यो बेला फिल्म ‘रेशम फिलिली’ले बक्सअफिसमा आक्रामक सुरुवात गरेको थियो । तर, फिल्म प्रदर्शनको दोस्रो दिन नै भुइँचालो गएपछि फिल्मको प्रदर्शन रोकिएको थियो ।

त्यसबेला प्राकृतिक विपत्तिका बाबजुद पनि राम्रो व्यापार गरेको फिल्मको सिक्वेल निर्माण गरिएको छ । फिल्मको मात्रै नभई त्यतिवेला भाइरल भएको गीत ‘जालमा’को समेत दोस्रो भाग अर्थात् रि–क्रियट गरिएको छ । सोही गीत बिहीबार एक कार्यक्रमका बीच रिलिज गरिएको हो । कालीप्रसाद बाँस्कोटाको संगीतमा तयार भएको गीतको शब्द मानस राजले लेखेका हुन् ।

गायनमा काली र सोमिया बराईली रहेका छन् । गीतको भिडियामा प्रदिप लामाको कोरियोग्राफी र शिवराम श्रेष्ठले छायाँकन गरेका छन् । गीतमा फिल्मका मुख्य कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मण्डलामा ‘मञ्जिरा’ को मञ्चन

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत

‘परी’को शुभमुहुर्त

काठमाडौं । नेपाली फिल्म ‘परी’को शुभमुहुर्त भएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा

पुर्खाको सम्झना र प्रकृतिको आराधनामा धुमधामः उभौली साकेला

सङ्गीता राई, धरान । सानोमा सानो सिक्किमे भाले कर्दैमा जनले रेटौँ । दिनैमा