यस वर्षको ‘बिजुलीमाया वनः श्रेष्ठ’ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार वरिष्ठ कलाकार नीर शाहलाई



मनहरी । यस वर्षको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार वरिष्ठ कलाकार तथा गीतकार नीर शाहलाई प्रदान गरिएको छ ।

भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले मङ्गलबार साँझ हेटौँडामा एक कार्यक्रम आयोजना गरी नेपाली गीतसङ्गीतको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै शाहलाई नगद एक लाख राशिसहित १६ औँ संस्करणको पुरस्कार प्रदान गरेको हो ।

शाहलाई समर्पण तथा साङ्गीतिक समारोहका प्रमुख अतिथि साहित्यकार नगेन्द्र थापा तथा पुरस्कार संस्थापक कन्हैयाकृष्ण श्रेष्ठले पुरस्कार प्रदान गरेका हुन् ।

शाहले पाँच दशकदेखि निरन्तर आधुनिक गीत, सङ्गीत र चलचित्रका क्षेत्रमा योगदान पुर्याउँदै आएको छ । नेपाली गीत सङ्गीतको क्षेत्रमा स्वदेश तथा विदेशमा महत्वपूर्ण योगदान गर्दै आएका कलाकार तथा सर्जकहरूको साधनाको उच्च कदर गर्दै व्यवसायी श्री कन्हैयाकृष्ण श्रेष्ठले ममतामयी आमा बिजुलीमाया वनः श्रेष्ठको नाममा २०६४ सालमा अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार स्थापना गरेको थियोे ।

यसअघि उक्त पुरस्कारबाट अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डङ्गोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की दावा ग्याल्मो, दीपक जङ्गम, किरण प्रधान, राजेन्द्र थापा सम्मानित भइसकेको छ ।

चलचित्र निर्माण, निर्देशन एवं अभिनयमा समर्पित शाहले विसं २०३२ देखिको निरन्तर नेपाली गीत लेखनको यात्रामा लाग्दै आएको हो । शाहद्वारा लिखित ‘पर्खी बसे आउँला भन्नी’, ‘बाँदल बनाइदेऊ’, ‘गहिराइमा डुब्दै नडुब’लगायत कालजयी गीतहरू चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

मण्डलामा ‘मञ्जिरा’ को मञ्चन

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत

‘परी’को शुभमुहुर्त

काठमाडौं । नेपाली फिल्म ‘परी’को शुभमुहुर्त भएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा