रेशम निर्दोष र र सीता परियारको ‘ढल्यो लाँकुरी’



काठमाडौँ । रेशम निर्दोष र सीता परियारको स्वरमा ‘ढल्यो लाँकुरी’ बोलको गीत सार्वजनिक भएको छ । पञ्चैबाजाको तालमा रहेको यो गीतलाई सीता परियार युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

रमेश बिजीको शब्द रहेको गीतको लय सङ्कलन रमेश निर्दोषले गरेका छन् । गण्डक क्षेत्रको प्रचलित मौलिक लयमा आधारित गीतको एरेञ्ज, मिक्सिङ र मास्टरिङ एचबीएन किस्मतले गरेका छन् ।

साथै वान डिबी एचडीमा अडियो निर्माण भएको गीतको रेकर्डिङ राज खड्काले गरेका हुन् । करन चौसिर छाँयाकार रहेको यो गीतको भिडियोको छाँयाङ्कन तनहुँ भानुचोकका विभिन्न स्थानमा गरिएको छ । भिडियोको सम्पादन अमृत चापागाईंले र शृङ्गार कविता तोलाङ्गीले गरेका छन् ।

पूर्ण परियारको निर्माण, रेशम निर्दोषको निर्देशन रहेको म्युजिक भिडियोमा रेशम निर्दोष, जुना गुरुङ, पूर्ण परियार र सीता परियारको अभिनय छ । बागलुङ्गे कोइलीका उपनामले परिचित सीता परियारका प्रत्यक्ष दोहोरी र अन्य गीतलाई दर्शक र स्रोताले मन पराएका छन् ।

नेपाली गीतसङ्गीतको विभिन्न विधामध्ये पञ्चैबाजा, नौमती बाजा पनि एक हो । विशेषगरी विवाहलगायतका शुभकार्यमा गुञ्जिने यो गीत पछिल्लो समय भोज, पार्टी र उत्सव तथा महोत्सवमा पनि बजाउने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कलाकारको उमेर होइन, अभिनय हेरिन्छः अभिनेता हमाल

काठमाडौँ। अभिनेता राजेश हमालले कलाकारलाई उमेरले असर नगर्ने भएकाले उसले निर्वाह गर्ने पात्र

फिल्म ‘कर्मा’को गीतमा दुर्गेशको स्वर

काठमाडौं । गायक दुर्गेश थापाले फिल्म ‘कर्मा’का लागि गीत गाएका छन् । सौरभ

‘नमूना कलेज अफ फेसन टेक्नोलजीको १९औँ ग्रेजुएसन फेसन शो’

अनुकल्पित प्रभानम् शीर्षकमा ‘नमूना कलेज अफ फेसन टेक्नोलजीको १९औँ ग्रेजुएसन फेसन शो’मा मोडलिङ

‘वसन्त’ मा मेरो देखाइ, भोगाई र अनुभवलाई समेटेको छु’

काठमाडौं  । सङ्गीतकार, गीतकार, अभिनेताका रूपमा परिचित गायक प्रकाश सपूतले निर्देशन गर्नुभएको पहिलो