तारादेवी सम्मान शाह, रसाइली र तीर्थकुमारीलाई प्रदान गरिने



काठमाडौँ । तारादेवी फाउन्डेसनले यस वर्षको ‘तारादेवी सम्मान’ तीन जना श्रष्ठालाई प्रदान गर्ने भएको छ ।

संस्थाका अध्यक्ष दीपक केसीको अध्यक्षतामा बसेको बैठकले गीतकार चाँदनी शाह (मरणोपरान्त), सङ्गीतकार सिके रसाइली र गायिका तीर्थकुमारीलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरिएको फाउन्डेसनका कोषाध्यक्ष रमेश थापाले जानकारी दिए ।

सम्मानका साथ ताम्रपत्र, दोसल्ला र जनही २५ हजार रहेको छ। विसं २०७४ मा स्थापित फाउन्डेसनले यसअघि १२ स्रष्टालाई सम्मान गरिसकेको छ ।

स्वर किन्नरी तारादेवीको स्मृति दिवसका दिन यही माघ ९ गते उक्त सम्मान दिइनेछ । १० वर्षको उमेरदेखि गीत गाउन थालेको गायिका तारादेवीले करिब ३ हजार ५ सय गीतमा स्वर र संगीत दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ

‘रोक्ने छैन’ मा सृष्टि, महेश र करिष्माको रोमान्स

काठमाडौं । नेपाली फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको

‘पण्डित भन्दैमा भगवान हुँदैनन्, म पनि पण्डितको छोरो हो, कपोकल्पित कुरा गरेर भ्रममा पार्ने काम बन्द गरौँ’

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुका विरुद्धमा अनर्गल प्रचार