परिच्छेद सेनको निर्देशनमा चलचित्र ‘महाराजधिराज’ निर्माण हुने



काठमाडौं । नेपाली चलचित्र ‘महाराजधिराज’ निर्माण हुने भएको छ । पल शाहलाई लिएर निर्देशक परिच्छेद सेनले नयाँ फिल्म ‘महाराजधिराज’को घोषणा गरेका हुन् ।

मंगलबार सार्वजनिक टिजर पोस्टरमा अभिनेता पललाई दोहोरो भूमिकामा देख्न सकिन्छ । एउटामा तस्बिरमा उनी ‘न्युड’ अवस्थामा गद्दीमा बसेको देख्न सकिन्छ । अर्को पात्रमा भने उनी श्रीपेच र शाही पोशाकसहित उभिएका छन् ।

अभिनेता शाहले सामाजिक सञ्जालमार्फत चलचित्रको प्रदर्शन मितिसमेत घोषणा गरेका छन् । उनका अनुसार चलचित्र आगामी दशैँको फूलपातिमा रिलिज हुनेछ ।

यो चलचित्रको पटकथाकार पनि परिच्छेद नै छन् । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा यसलाई टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्काले निर्माण गर्न लागेका हुन् । प्रस्तुतकर्तामा विराज विष्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ

‘रोक्ने छैन’ मा सृष्टि, महेश र करिष्माको रोमान्स

काठमाडौं । नेपाली फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको

‘पण्डित भन्दैमा भगवान हुँदैनन्, म पनि पण्डितको छोरो हो, कपोकल्पित कुरा गरेर भ्रममा पार्ने काम बन्द गरौँ’

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुका विरुद्धमा अनर्गल प्रचार