समीक्षाले दिइन् आफ्नो चरित्र हत्या गर्ने व्यक्तिविरुद्ध कारबाहीका लागि साइबर ब्यूरोमा उजुरी
काठमाडौं । गायिका समीक्षा अधिकारीले आफ्नो चरित्र हत्या गरेको भन्दै साइबर ब्यूरोमा उजुरी दिएकी छन् । शनिबार राति सामाजिक संजालमार्फत अधिकारीले आफ्नो चरित्र हत्या गर्नेलाई कारबाहीको माग गर्दै ब्यूरोमा उजुरी दिएको जानकारी दिएकी हुन् ।
उनले भनेकी छन्, ‘मेरो व्यक्तिगत र पारिवारिक जीवनमा असर पर्ने गरी राखिएको यस्तो प्रकारका भिडियोले समाज तथा राष्ट्रलाई नै असर पर्छ । साइबर ब्यूरोबाट कम्प्युटर र एआईको दुरुपयोग गरी यस्तो कार्य गर्ने व्यक्तिलाई तत्काल खोजी गरी कारबाही गर्ने जानकारी पाएको छु । कृपया सस्तो लोकप्रियता कमाउने उद्देश्यले कुनै पनि छोरी चेलीको जीवनलाई असर पर्ने गरी गैरकानूनी क्रियाकलाप नगरीदिनुहुन अनुरोध गर्दछु ।’